बलिउड अभिनेत्री आथिया शेट्टी र भारतीय क्रिकेट टोलीका उपकप्तान केएल राहुलको विवाहको बारेमा आथियाका पिता सुनील शेट्टीले आफ्नो प्रतिक्रिया दिएका छन् । सुनिलले आफ्नो छोरीको बिहे एक दिन अवश्य हुने र आफूलाई केएल राहुल मनपर्ने बताएका हुन् ।
उनले थपे, ‘आथिया मेरी छोरी हुन् र उनको एक दिन अवश्य विवाह हुनेछ । म चाहन्छु कि मेरो छोरीको पनि बिहे चाँडो होस् । यो उनीहरूको रोजाइ हो। जहाँसम्म केएल राहुलको सवाल छ, मलाई उनी मनपर्छ। तिनीहरूले के गर्न चाहन्छन् भनेर उनीहरुले नै निर्णय गर्ने हो, किनभने समय परिवर्तन भएको छ। अहिले छोरी र छोरा दुवै जिम्मेवार भइसकेका छन् । उनले जे निर्णय गरे पनि मेरो आशिर्वाद सधै उहाँको साथमा छ।’
निकै लामो समय देखि उनीहरुको सम्बन्ध मिडियामा बाहिरिसकेको छ । यहाँसम्म कि केएल राहुलको क्रिकेट मैदानमा समर्थन गर्न समेत आथिया र उनका पिता धेरै पटक मैदानमा पुगिसकेका छन् । उनीहरुलाई आजकल लखनऊ सुपर जायंट्सको आइपिएल खेल हुँदा मैदानमा देख्न सकिन्छ । राहुलको टिमले यो सिजनमा राम्रो प्रदर्शन गरिरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ