शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा विहान ११.४० बजेसम्म करिब ३० प्रतिशत मत खसेको छ । आयोगका प्रवक्ता शालिकराम पौडेलकाले देशभर नै उल्लापूर्वक मत खसिरहेको जानकारी दिएका छन् ।
केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको प्रवक्ता शालिकरामले बताएका छन् ।
उनका अनुसार दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगत गर्ने निर्णय नभएको पौडेलले बताए हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ