स्थानीय तह निर्वाचनमा आफूले गरेको मतसंकेतसमेत सार्वजनिक गरेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने सिद्धान्न नभएको प्रष्टीकरण दिएका छन् ।
उनले शुक्रबार विहान गोरखाको पालुङटार नगरपालिका-१ अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गरेका थिए । जसमा उनले आफूले गरेको मतसंकेत समेत देखिने गरी तस्वीर सार्वजनिक गरेका थिए ।
पालुङटार नगरपालिकामा जसपाले नेकपा एमालेसँग तालमेल गरेको छ । भट्टराईको मतपत्रमा मेयर पदमा जसपाको चुनाव चिह्नमा मतदान गरेको देखिन्छ भने उपमेयरमा कसलाई मत दिए भन्ने देखिँदैन । वडाअध्यक्ष र वडासदस्यमा पनि उनले जसपाको चुनाव चिह्नमा मतदान गरेका छन् ।
बाबुरामले मतपत्र देखाएको भन्दै आलोचना भएपछि उनले आफ्नो विचार/मत खुला रुपमा व्यक्त गर्न पाउनुपर्ने बताए । ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुदैन’ उनले ट्विटरमा लेखेका छन् ।
भट्टराईले अघि भनेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन !’
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ