शनिबार, माघ २६, २०८१

हाम्रो आकाशगंगामा रहेको ‘साजिटेरियस ए – ब्ल्याक होल’ को पहिलो तस्बिर सार्वजनिक


कान्तिपथ


हाम्रो आकाशगंगाको मध्य भागमा रहेको ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक भएको छ । ‘साजिटेरियस ए’ नाम दिइएको यस ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा ४० लाख गुणा बढी रहेको बताइएको छ ।

तस्बिरमा ब्ल्याक होलको केन्द्रमा कालो भाग र त्यसको आसपासमा गुरुत्वाकर्षण शक्तिका कारण सिर्जित निकै तातो ग्यासको प्रकाश देख्न सकिन्छ । त्यसको आधार बुध ग्रहको कक्षजत्रो रहेको वैज्ञानिकहरूको भनाई छ । जुन ६ करोड किलोमिटर लामो हुन आउँछ ।

हाम्रो पृथ्वीभन्दा यो ब्ल्याक होल २६ हजार प्रकाश वर्ष टाढा रहेकाले हामीलाई यसबाट कुनै खतरा भने छैन । यो तस्बिरलाई इभेन्ट होराइजन टेलिस्कोप कोलाबोरेसन नामक अन्तर्राष्ट्रिय टोलीले कैद गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत