लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको पुरा प्यानल नै विजयी भएको छ । ४ सय ५४ मत खसेका उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पाले (२ सय १६ मत) ल्याएर निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पा (१ सय ९५ मत) विरुद्ध २१ मतको अन्तरले बिजयी भएका छन् ।