अष्ट्रेलियाका पूर्व अलराउन्डर एन्ड्रयू साइमन्ड्सको उत्तरी क्वीन्सल्याण्डमा कार दुर्घटनामा परी मृत्यु भएको छ ।
सन् १९९८ देखि २००९ सम्मको अन्तर्राष्ट्रिय करियरमा २६ टेस्ट र १९८ ओडीआई खेलेका अष्ट्रेलियाका पूर्व अलराउन्डर साइमण्ड्सको क्विन्सल्याण्डमा कार दुर्घटनामा भएको थियो ।
क्वीन्सल्याण्ड पुलिसका अनुसार टाउन्सभिलबाट करिब ५० किलोमिटर टाढा हर्भे रेन्जमा हिजो राति करिब ११ बजे उनको दुर्घटना घटेको थियो । घटनाको छानबिन भैरहेको पुलिस प्रशासनले जानकारी दिएको छ ।
उनको असामयिक मृत्युमा सम्पूर्ण क्रिकेट जगतले दुख व्यक्त गरिरहेको छ भने सामाजिक संजालमा उनका फ्यानहरुले शोकमा छन् ।
साइमन्ड्स सन् २००३ र २००७ मा दुई पटकको विश्वकप विजेता हुनुका साथै त्यस दशकमा अस्ट्रेलियाको अपराजित उपाधि रनमा टेस्ट टोलीका एक प्रमुख सदस्य थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ