इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सले शनिबार सनराइजर्स हैदरावादलाई ५४ रनले हराएको छ । यो जितले हैदरावादको प्ले सम्भावना कठिन बनेको छ भने कोलकताले आफ्नो स्थिति सुधारेको छ ।
कोलकाता यो जितपछि १२ अंकसहित छैटौं स्थानमा उक्लेको छ भने हैदरावाद १० अंकसहित आठौं स्थानमा खसेको छ । महाराष्ट्र क्रिकेट मैदानमा भएको खेलमा कोलकाताले पहिले ब्याटिङ गर्दै ६ विकेटमा १ सय ७७ रन बनाएको थियो ।
आन्द्रे रसेलले २८ बलमा ४९ रन बनाएका कारण कलकताले विशाल लक्ष्य तयार गरेको थियो । जवाफमा हैदरावादले आठ विकेटमा १ सय २३ रन मात्र बनाउन सक्यो । रसेलले बलिङ्ग मार्फत पनि योगदान गर्दै २२ रन खर्चेर तीन विकेट लिएका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ