इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै चेन्नई दुई अंक जोड्ने योजनामा छ ।
यता प्लेअफमा पुगिसकेको गुजरात तालिकामा आफूलाई शीर्ष स्थानमा यथावत राख्ने योजनामा छ । आज नै हुने अर्काे खेलमा लखनउ सुपर जाइन्ट्सले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः ४५ मा सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्दै लखनउ प्लेअफमा पुग्ने योजनामा छ । लिगमा १२ खेल खेलेमो लखनउ १६अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता राजस्थान पनि आजको खेलमा सहज जित निकाल्दै प्लेअफ नजिक पुग्ने योजनामा छ । १२ खेल खेलेको राजस्थान १४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ