मङ्लबार, जेष्ठ ६, २०८२

लखनउलाई हराउदै राजस्थान दोस्रो स्थानमा उक्लियो


कान्तिपथ


इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा राजस्थान रोयल्सले आइतबार लखनउ सुपर जायन्ट्सलाई २४ रनले पराजित गरेर दोस्रो स्थानमा उक्लेको छ ।

यो जितपछि राजस्थानको १३ खेलबाट १६ अंक भएको छ र राम्रो नेट रन रेटको आधारमा लखनउ भन्दा अगाडि रहेको हो । लखनउ पनि समान १६ अंकसहित तेस्रो स्थानमा छ ।

चेन्नाइ सुपर किंग्स र मुम्बई इन्डियन्स बाहेक बाँकी सबै सात टिमको प्लेअफ खेल्ने गणितीय सम्भावना कायम छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स प्लेअफ पुग्ने एक्लो टिम रहेको छ । उसको २० अंक छ । रोयल च्यालेन्जर्स बेंगलोर १४ अंकमा चौथो स्थानमा रहेको छ ।

प्ले अफ पुग्ने अवसरका लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको लखनउले आठ विकेटमा १ सय ५४ रन मात्र बनाउन सक्यो । त्यसमा दीपक हुडाले सर्वाधिक ५९ रन बनाए । पहिले ब्याटिङ गरेको राजस्थानले भने छ विकेटमा १ सय ७८ रन बनाएको थियो र त्यसमा यशस्वी जयसवालको ४१ रनको योगदान रह्यो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत