बिहिबार, जेष्ठ ८, २०८२
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • ‘भुलभुलैया – २’ नेपालमा शुक्रबार रिलिज हुँदै, ‘डक्टर स्ट्रेन्ज २’ चार करोडको दौडमा

‘भुलभुलैया – २’ नेपालमा शुक्रबार रिलिज हुँदै, ‘डक्टर स्ट्रेन्ज २’ चार करोडको दौडमा


कान्तिपथ


कार्तिक आर्यन र कायरा आडवाणी स्टारर बलिउड फिल्म ‘भुलभुलैया २’ आगामी शुक्रबार नेपालमा रिलिज हुने निश्चित भएको छ ।

टी सिरिजले निर्माण गरेको यो फिल्म सन् २००७ कै फिल्म भुलभुलैयाको दोस्रो सिक्वेल हो । फिल्ममा तब्बु, राजपाल यादव, संजय मिश्रा लगायतको समेत अभिनय छ । अनिस बाज्मीले फिल्मलाई निर्देशन गरेका हुन् ।

एप्पल इन्टरटेनमेन्टले फिल्मको नेपाल राइट खरिद गरेको हो । एप्पलले नै वितरण गरेको अघिल्लो फिल्म ‘डक्टर स्ट्रेन्ज २’ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ ।

आइतबारसम्म ३ करोड ९१ लाख ग्रस कमाइ गरेको फिल्मले मंगलबारसम्म ४ करोडभन्दा बढी कमाइ गर्ने अपेक्षा गरिएको छ । एप्पल वितरित ‘स्पाइडरम्यान : नो वे होम’ले ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत