बुधबार, असार १५, २०७९

सलमानको ‘द ब्याङ रिलोडेड टूर’ को सुरुआत ठमेलको एलओडी क्लबबाट


कान्तिपथ


सलमान खानको नेपाल कन्सर्टमा प्रस्तुति दिन तय भएका दस जना नेपाली कलाकारले प्रि-कन्सर्ट गर्ने भएका छन् । ‘द ब्याङ रिलोडेड टूर’को सुरुआत ठमेलको एलओडी क्लबबाट सुरु हुने भएको हो ।

उनीहरुले बुधबार बेलुका एलओडीमा प्रस्तुति दिने सलमान कन्सर्टको नेपाल आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ ।

नेपाली कलाकारहरु सुशान्त केसी, स्वप्न सुमन, त्रिशाला गुरुङ, रोहित शाक्य, शिव परियार, सुबानी मोक्तान, सञ्जु मोक्तान, टुन्ना बेल्ला थापा, प्रवेशकुमार श्रेष्ठ र समीर श्रेष्ठले प्रस्तुति दिने भएका हुन् ।

एलओडीमा हुने कन्सर्टको टिकट मूल्य पाँच हजार रुपैयाँ राखिएको छ । सो टिकट खरिद गरेपछि जेठ १४ गते दशरथ रंगशालामा हुने कन्सर्टमा पनि भाग लिन पाइने भएको छ ।

बलिउड स्टार खानको दशरथ रंगशाला कन्सर्टको सुरुआत दिउँसो १२ बजे डिजे प्रस्तुतिसँगै थालनी हुने भएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत