नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग खेलाडीको विवादको विषयमा छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाका महासचिव इन्द्रमान तुलाधरले समितिले आज प्रतिवेदन बुझाउने तयारी भएको बताएका छन् ।
एन्फाले खेलाडी–प्रशिक्षक विवाद तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा एन्फाले समिति गठन गरेको हो । उक्त समितिले सात दिनको म्याद पाएको थियो ।
एएफसी एसियन कप छनोटखेलका लागि नेपाली राष्ट्रिय टोलीमा रहेका खेलाडीहरुले १० जना खेलाडीले क्याम्प छोडेर गएका थिए । आफ्नो आधारभुत आवश्यक्तका विषयमा कुरा राख्दा पनि प्रशिक्षकसँग खटपट परेको विषयमा खेलाडीहरुले क्याम्प छोडेर गएका थिए ।
त्यसपछि खेलाडीहरुले आफूहरुलाई न्याय दिनुपर्ने बताउँदै एन्फासँग अनुरोध गरेका थिए । त्यसपछि एन्फाको कार्यसमिति बैठकले छानविन समिति गठन गरेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ