बुधबार, असार १५, २०७९

बागलुङमा पहिलो पटक दुरबिन प्रविधिबाट शल्यक्रिया


कान्तिपथ



बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको छ । दुरबिनको प्रयोगबाट बागलुङ नगरपालिका–१२ अमलाचौरकी २९ वर्षीया महिलाको अण्डासयमा जमेको पानी निकालिएको हो ।अस्पतालका चिकित्सक केशव आचार्य नेतृत्वको समूहले उक्त शल्याक्रिया गरेको हो । पहिलो प्रयास नै सफल भएपछि अब दुरबिनद्वारा शल्यक्रिया गर्ने काममा हौसला मिल्ले डा आचार्यले बताउनुभयो ।

शल्यक्रिया गराएकी महिलाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । “दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु पर्दैन”, उहाँले भन्नुभयोे, “यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने हुन्छ ।”

शल्यक्रियामा डा केशव आचार्य, डा सजिन कुँवर, डा प्रज्ज्वल पौडेल, डा गणेश वन र नर्स शर्मिला शर्माको समूह सहभागी थियो । “हामी ढुक्क भएर काम गरेका थियौँ, बिरामी जोखिममा थिएन्”, डा. आचार्यले भन्नुभयो, “नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण हुने नै भयो ।” यसकोे सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उहाँले बताउनुभयो । धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडाँै जाने झन्झट कम हुने भएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत