एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० गोल अन्तरले हराउँदै मिलान च्याम्पियन बनेको हो।
मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले १९ औं पटक लिगको उपाधि जितेको हो । मिलानलाई जित दिलाउन ओलिभर जिरुडले दुई गोल गरे ।
३६ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई ३-० को जित दिलाए । यस जितसँगै मिलानले ३८ खेलमा ८६ अंक जोड्यो । मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई २ अंकले पछि पार्दै उपाधि जितेको हो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा रह्यो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ