आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • चुनाव जित्न अनेक हर्कत: ४० हजारमा भोट खरिद, विपक्षीमाथी खुँडा प्रहारको आरोप !

चुनाव जित्न अनेक हर्कत: ४० हजारमा भोट खरिद, विपक्षीमाथी खुँडा प्रहारको आरोप !


कान्तिपथ


बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं २ मा आर्थीक प्रलोभन देखाई भोट खरिद गर्ने प्रयास गरिएको आरोप लागेको छ । स्वतन्त्रबाट वडा नं २ का वडा अध्यक्ष पदका उम्मेदवार प्रविन्द्र बहादुर मन्डेल र उनका कार्यकर्ता झलक एैडीले निर्वाचन अघि छबिसपाथिभेरा मन्डी गाउँको शिल्पी समुदाय (दमाई टोल)का परिवारहरुको २५ भोट ४० हजारमा किन्ने प्रयास गरेको नेपाली कांग्रेस जिल्ला सचिव झलक कठायतले बताए। आर्थिक प्रलोभनमा पारी गुलाब चिन्हमा मतदान गर्न अध्यक्ष पदका उम्मेदवार मन्डेलले दबाब दिएको सोही टोलका मतदाता दिलबहादुर दमाईले बताएका छन् ।

https://www.youtube.com/watch?v=fgblP0sPUZc

‘सरकारी तलब खाने कांग्रेसको आतंक: उपकुलपतिका पिएद्वारा वडाअध्यक्षलाई ज्यान मार्ने धम्की’ को शिर्षक राखेर कान्तिपथलले हिजो एउटा समाचार प्रकाशित गरेको थियो । आरोपित विराट कठायतले कान्तिपथसँग सम्पर्क गर्दै उक्त संवाद आफ्नो फोनबाट भएको तर व्यक्ति आफु नभएको बताए । उनको फोनबाट उनका भाई बोलेका थिए ।

हालै सम्पन्न स्थानीय निर्वाचनमा बझाङ्ग जिल्लाको छबिसपाथिभेरा गाउँपालिका गठबन्धनका दलभित्र भाग लगाउदा माओवादीको भागमा पर्यो । माओवादी केन्द्रका उम्मेदवार बसन्‍तबहादुर चलाउने पालिका अध्यक्षमा निर्वाचित भैसकेका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका लछिमन बोहरा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार: सरकारी तलब खाने कांग्रेसको आतंक: उपकुलपतिका पिएद्वारा वडाअध्यक्षलाई ज्यान मार्ने धम्की !

वडा तहको भागबण्डा गर्दा वडा नं २ नेपाली कांग्रेसको भागमा पर्यो । तर कांग्रेसका वडाअध्यक्षका उम्मेदवार विनोद रावल पराजित भए । त्यहाँ स्वतन्त्र उम्मेदवार पविन्द मण्डेल निर्वाचित भए । कांग्रेस विरुद्ध उठेका मण्डेल माओवादी पृष्ठभूमीका हुन् । मण्डेलले स्वतन्त्र उम्मेद्वारी दिए भने विराट कठायत लगायतको टोलि गठबन्धनलाई जिताउन लागि पर्यो ।

चुनाव अघि नै मन्डेलले एैडी थरका केहि व्यक्ति वडामा भित्राएर हुलदंगा सुरु गरेको कठायत बताउछन । निर्वाचनको मौन अवधि सुरु भैसकेपछि पातागाउँ, मेल्लेख, जयपृथ्वी लगायत क्षेत्रमा मन्डेलको टोलीको झगडा परेको र आफ्नो टाउको काट्ने धम्की दिंदै हिंडेको कठायतले बताए । मन्डेलको समूहले मौन अवधीको समयमा ३ वटा निजि बाईक प्रयोग गरि सशस्त्रको टोलीसँग पनि लफडा गरेको उनले बताए । मन्डेलको टोलि आफुलाई कुट्न भनि रातारात आएपनि सशस्त्रको टोलिले तितरबितर पारेको मन्डेलले बताए ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने सहमति भएपछि निर्वाचन कै दिन कठायत कै दिदि जानकीदेवी मन्डेललाई खुँडा प्रहार गरिएको आरोप वडाअध्यक्ष मन्डेलको समूहलाई लागेको छ । भिनाजु सहित दिदिको उपचारका लागि सदरमुकाम चैनपुर आएपनि त्यहाँ उपचार हुन नसकेपछि धनगढी रिफर भएको कठायतले बताए । बीच बाटो आफु मतगणना स्थलमा गएको र निर्वाचित वडा अध्यक्षलाई बधाई दिएको कठायतको जिकिर छ ।

वडा अध्यक्ष नाताले आफ्नो भिनाजु पर्ने उनले भने । आफु महेन्द्रनगर आएपनि आफुलाई कुट्नका लागि गुण्डा पठाएको सूचना पाएपछि उनले जिल्ला प्रहरी कार्यालय महेन्द्र नगरमा उजुरी दिएका छन्। कठायत पुराना कांग्रेस कार्यकर्ता, हाल उपप्राध्यापक तथा सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीका स्वकीय सचिव हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत