शुक्रबार, चैत्र २७, २०८२

आईपीएलको पहिलो क्वालिफायरमा गुजरात र राजस्थान भिड्दै


कान्तिपथ


इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज (मंगलबार) गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।​ कोलकत्तामा दुई टोलीबीचको क्वालिफायर खेल साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा सहज जित निकाल्दै दुबै टोली फाइनलमा पुग्ने योजनामा छन् ।

तर, तुलनात्मक हिसावमा राजस्थानभन्दा गुजरात बलियो टोली हो । लिग चरणको खेलजमा गुजरातले राजस्थानमाथि ३७ रनको जित निकालेको थियो । यस खेलको विजेता फाइनल पुग्नेछन् । पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न खेल्ने छ ।

गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । यता १८ अंक जोडेर राजस्थानले क्वालिफायरमा खेल्न लागेको हो ।

साथै आईपीएलको आयोजक बिसीसीआईले यदि क्वालिफायरका खेलहरुमा मौसमका कारण नतिजा आउन नसके लिग स्टेजका आधारमा माथि रहेको टोली मात्र अगाडी बढ्ने नियम सार्वजनिक गरेको थियो । त्यस कारण यस खेलको नतिजा आउन नसकेमा गुजरात फाइनलमा पुग्ने छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत