शुक्रबार, चैत्र २७, २०८२

नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि सुरु हुने


कान्तिपथ


यही जेठमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ गतेदेखि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, “बजेट कार्यान्वयनको सवालमा सार्वजनिक खरिद ऐनलाई टेकेर गर्ने कुरा भयो । हामीले १३औँ सागमा जस्तै फास्ट ट्रयाकमा काम गर्ने योजना बनाएका थियौँ । तर, विविध कारणले त्यस्तो नहुने भएकाले हामीले प्रतियोगिताको मिति सार्नुपरेको हो ।” यसअघि, यही जेठ २२ गतेदेखि २८ गतेसम्म उक्त खेलकुद गर्ने निर्णय गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत