बुधबार, असार १५, २०७९

सलमान खान नेपाल नआउने


कान्तिपथ


बलिउड अभिनेता सलमान खानको ‘दबंग टुर रिलोडेड’ स्थगित भएको छ । जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको उनको दबंग टुर कार्यक्रम अन्तिम समयमा आएर रोकिएको छ ।ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुन लागिएको उक्त कार्यक्रममा सलमान लगायत, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायत बलिउड कलाकारहरु नेपाल आउने तय थियो । सलमान कार्यक्रमको अघिल्लो दिन आएर मन्त्री आलेसँग माउन्टेन फ्लाईटमा जाने समेत कार्यक्रम तय थियो ।

तर अन्तिम समयमा कार्यक्रम रोकिएको हो । यसबारे आयोजक टिमले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । कार्यक्रम केही समयका लागि स्थगित भएको हो वा हुँदै नहुने हो त्यो अन्योल नै छ ।

ओडिसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने यसबारेमा केही बताएका छैनन् । ‘दबंग टुर रिलोडेड’ नेपालमा दोस्रो पटक रोकिएको हो । यसअघि पनि टिकट सबै बिक्री भैसकेपछि अन्तिम समयमा कार्यक्रम रोकिएको थियो । यसपटक पनि आयोजकले टिकट बिक्री सुरु गरिसकेको थियो । सलमान लगायत टिमलाई नेपाल ल्याउन अपुग बजेटका कारण रोकिएको अनुमान गरिएको छ ।

ओडीसी इन्टरटेन्मेन्ट र हिता ग्रुपको संयुक्त आयोजनामा हुने भनिएको उक्त कार्यक्रममा सलमानसँगै अन्य भारतीय कलाकारहरु सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल, गुरु रन्धावा, आयुष शर्मा लगायतको टिम नेपाल आउने प्रचार गरिएको थियो । आयोजकले कार्यक्रममा प्रवेशका लागि दर्शक ५ हजार, १०, १५ २५ हजारको टिकट समेत बिक्रि गरेको छ । यसअघि पनि सलमानको कार्यक्रम स्थगित भएको थियो भने टिकट ठगी काण्डमा आयोजक सीमान्त गुरुङ मुछिएका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत