मङ्लबार, बैशाख ३०, २०८२

एपेक्स पोलिक्लिनिकको वार्षिकोत्सवको अवसरमा रक्तदान सम्पन्न


कान्तिपथ


रक्तसञ्चार केन्द्रहरूमा समेत रगतको अभाव भैरहेका बेला काठमाडौँ महानगरपालिका वडा नं ३२ नरेफाँटमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नरेफाँटस्थित एपेक्स पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको आयोजना, लायन्स क्लब अफ काठमाडौँ गौतम बुद्ध, लायन्स क्लब अफ काठमाडौँ काईण्ड्नेसको सह-आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको सेन्टरकी प्रमुख कमला घिमिरेले बताइन । उक्त कार्यक्रम सेन्टरको चौथो वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रमका आयोजकका अनुसार जम्मा ८० पिण्ट रगत संकलन भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनालले स्वास्थ्य सुरक्षा अपनाएर रगतको कमि महसुस भएको बेला रक्तदान कार्यक्रम सम्पन गरेकोमा खुशी व्यक्त गरे । सामाजिक दायित्व निर्वाह गर्ने सेन्टरलाई धन्यवाद दिँदै उनले यो क्षेत्रको स्वास्थ्यमा टेवा पुर्याएको भन्दै मुक्तकण्ठ प्रशंसा गरे ।

कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा (माओवादी केन्द्र) का नेता तथा समाजसेवी देवराज चौलागाईं, अन्तराष्ट्रिय खेलाडी उमेश गुरुङ्ग, अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रिय सदस्य जीवन लामा, प्रहरी निरिक्षक निर्मल पनेरु, लायन्स क्लबका विभिन्न तह र तप्काका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत