बिहिबार, जेष्ठ ८, २०८२

४५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण


कान्तिपथ



काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब धुलिखेल, बनेपा, ललितपुर र सिङ्गापुरको संयुक्त सहयोगमा अस्पताल व्यवस्थापनलाई सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरण गर्दै बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले अस्पतालबाट हुने सेवालाई थप सुधार र विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । “अबको दिनमा अस्पतालले दिनुपर्ने सेवामा विस्तार गर्दै सुधार्नुपर्ने ठाउँ कहाँ छन्, जनगुनासोलाई सम्बोधन गर्ने काममा ध्यान आवश्यक छ ।” उहाँले भन्नुभयो । अस्पतालका कार्यकारी निर्देशक सुन्दर थापाले अस्पतालबाट सुधार गर्नुपर्ने काम र विस्तार गर्नुपर्ने सेवा धेरै रहेको बताउँदै नगरपालिकासँगको समन्वयमा नजिक रहेर काम गर्न तयार रहेको बताउनुभयो ।

अहिले सो अस्पतालको आकस्मिक सेवा कक्षमा औसतमा दैनिक २५ देखि ३० जनासम्म बिरामीले सेवा लिइरहेको अस्पतालले जनाएको छ । आकस्मिक सेवा कक्षमा अहिले छ वटा मात्रै शय्या रहेको कारण सरकारको नियमअनुसार त्यसलाई विस्तार गर्न आवश्यक रहेको बताउँदै अहिले प्राप्त सामग्रीले ठूलो राहत मिल्ने कार्यकारी निर्देशक थापाले बताउनुभयो । रोटरी क्लबले विभिन्न १७ प्रकारका सामग्रीका साथै विभिन्न प्रकारका अन्य साग्रीसहित करिब रु ४५ लाख बराबरको सहयोग गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत