कबड्डी ४ की नायिका मिरुना मगरले एक दर्शकलाई आफू माथि दुर्व्यवहार गरेको भन्दै प्रहरीको जिम्मा लगाएकी छन्। सिभिल महलमा तामाङ थरका ती दर्शकले आफूलाई नियतवस पिठ्यूमा छोएको नायिकाको आरोप छ।
तामाङले आफूलाई दुर्व्यवहार गरेको भन्दै मिरुनाले उनलाई गालामा थप्पड हानेकी थिइन्। त्यसपछि तामाङले सबैको अगाडि माफी मागे तर, मिरुनाले माफी दिइनन्। उनले न्युरोडस्थित महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीलाई खबर गरिन्। त्यहाँबाट आएका प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो !!
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ