नेपालको सबैभन्दा ठुलो चेन रेष्टुरेन्ट, ‘द बर्गर हाउस एण्ड क्रंची फ़्राईड चिकेन’ को झण्डा सगरमाथाको चुचुरोमामा फहराएको छ । लोकप्रिय गायक राजु लामाको टोलीले बर्गर हाउसको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याएको हो ।
गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किसकेका छन्। उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए। उनले ७ हजार ९ सय मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए।
उनको उक्त कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ। उनले आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।

इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए । उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागि थिए ।
जलवायु संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरोजस्ता प्राकृतिक विपतले ल्याएको जोखिमबारे आफूले हिमाल चढेको लामाले बताउने गरेका छन्।
बर्गर हाउसका संचालक बसन्त लामा र गायक राजु लामा अत्यन्त निकट छन् । बर्गर हाउसका संचालक बसन्त लामा हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ३ को अध्यक्षमा निर्वाचित भएका छन् ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ