मङ्लबार, जेष्ठ ६, २०८२

जुम्लाको हिमा गाउँपालिकामा सबै वडामा स्वास्थ्य सेवा केन्द्र


कान्तिपथ


जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ । नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो ।

त्रैमासिक रुपमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने, अर्ध वार्षिकरुपमा आँखा शिविर सञ्चालन गर्ने, घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने जस्ता कामलाई प्रथामिकता राखेको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने तथा सरकारले घोषणा गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी लागू गरिनेछ ।”

ज्येष्ठ नागरिक, अपाङ्गता, असहाय र गर्भवती तथा सुत्केरी महिला र गरिब तथा विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । प्रत्येक महिनाको पहिलो दिन स्वास्थ्य सरसफाइ कार्यक्रम सञ्चालन गर्ने र अन्तिम दिन आधारभूत तथा माध्यमिक विद्यालयमा किशोरकिशोरीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गाउँपालिकाको योजना छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत