शुक्रबार, चैत्र २७, २०८२

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने


कान्तिपथ



त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले प्रश्नपत्र दोहोरिएको सम्बन्धमा छानविन गर्ने भएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र सङ्कायका डीन प्रा डा कुसुम शाक्यले हुबहु दोहोरिएको प्रश्नपत्रबारे छानविन गर्ने बताउनुभयो ।

मानविकी सङ्कायले बुधबार स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ को लिएको परीक्षामा गत वर्षकै प्रश्नपत्र हुबहु दोहो¥याएको थियो । “के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौँ”, उहाँले भन्नुभयो, “भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौँ ।”

उहाँले गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको बताउनुभयो । “हामीले विज्ञ समूहलाई प्रश्नपत्र बनाउने जिम्मा दिन्छाँै । विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिनुहुन्छ”, उहाँले भन्नुभयो, “त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको हो ।” साठी पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत