सोमवार, जेष्ठ ५, २०८२

गुणस्तरीय सेवा उपलब्ध गराउँदै क्यान्सर अस्पताल


कान्तिपथ



नेपाल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको पाँचौँ वार्षिकोत्सवको अवसरमा यहाँ शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा बच्चुकैलाश कैनीले यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । उहाँले बिरामीले अधिकतम लाभ लिन सकुन भनेर अस्पतालको सेवा र सुविधा अझै बढाइने बताउनुभयो ।

सो अस्पतालबाट चालु आर्थिक वर्षमा सात हजार ९० नयाँ बिरामीले सेवा लिएका छन् । त्यस्तै २६ हजार ६४० बिरामी पुन स्वास्थ्य परिक्षणमा आएका छन् । अस्पतालले कर्मचारीको प्रोत्साहनस्वरुप अस्पतालका सबै कर्मचारीलाई रु एक लाखको बीमा गर्नुका साथै रु १० लाखको दुर्घटना बीमाको योजना सुरु गरेको उहाँले बताउनुभयो । सोही अवसरमा अस्पतालको स्मारिका ‘आशा’ पत्रिका २०७९ को विमोचन पनि गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत