शुक्रबार, चैत्र २७, २०८२

बैतडीमा बजेट : सबैभन्दा बढी पाटनमा


कान्तिपथ



सङ्घीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०८९/८० को बजेटअनुसार सबैभन्दा बढी बैतडीको पाटन नगरपालिकामा विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि पाटन नगरका लागि रु ४९ करोड ३६ लाख बजेट विनियोजन भएको छ ।

यस्तै जिल्लाको दशरथचन्द नगरका लागि रु ४७ करोड २९ लाख, पुर्चौंडी नगरका लागि रु ४८ करोड ४९ लाख र मेलौली नगरका लागि रु ३८ करोड १५ लाख बजेट विनियोजन भएको हो ।

गाउँपालिकामा सबैभन्दा बढी दोगडाकेदार गाउँपालिकाका लागि रु ३८ करोड ९० लाख बजेट विनियोजन भएको छ । डिलाशैनी गाउँपालिकाका लागि रु ३६ करोड ४४ लाख, पञ्चेश्वर गाउँपालिकाका लागि रु ३० करोड ८४ लाख, सिगास गाउँपालिकाका लागि रु ३२ करोड ३७ लाख, सुर्नया गाउँपालिकाका लागि रु ३२ करोड ४० लाख र शिवनाथ गाउँपालिकाका लागि रु २५ करोड ९९ लाख विनियोजन भएको छ ।

बैतडीमा ६ गाउँपालिका र ४ नगर गरी १० स्थानीय तह छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत