शुक्रबार, चैत्र २७, २०८२

स्थानीय तहमा युवाहरुलाई तालिमपछि रोजगार दिइने


कान्तिपथ


वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रत्येक स्थानीय तहमा युवाहरुलाई तालिम र यसपछि रोजगारीको पनि व्यवस्था गरिने बताउनुभएको छ । प्रदेश युवा परिषद् वाग्मती प्रदेशको पहिलो स्थापना दिवसका अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तालिम दिनु अगाडि स्थानीय तहहरुमा युवाहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने र उक्त स्वयंसेवकको रिपोर्टका आधारमा आवश्यक तालिम र कार्यक्रम तय हुने जानकारी दिनुभयो । युवाहरुलाई उत्पादन, रोजगारी र व्यवसायमा उत्प्रेरित गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले राष्ट्रिय युवा नीतिलाई आधार मानेर प्रदेश युवा नीति बनाउँदै गरेको जानकारी दिनुभयो । प्रदेशका युवालाई आधार मानेर कार्यक्रम ल्याइने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रिन, प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभाका सदस्य चन्द्र लामा वाग्मती प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी लगायतले युवाहरुले आफ्ना हकअधिकार प्राप्तिका लागि मुखले मात्र नभईकन व्यवहारले काम गर्नुपर्नेमा जोड दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत