मङ्लबार, जेष्ठ ६, २०८२

स्वास्थ्य शिविरबाट एक हजार विद्यार्थी लाभान्वित


कान्तिपथ



तनहुँको म्याग्दे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित स्वास्थ्य शिविरबाट एक हजार ८३ विद्यार्थी लाभान्वित भएका छन् । स्वास्थ्य शाखाले विद्यालयमा दुईदिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

म्याग्दे–४ स्थित मिन माध्यमिक विद्यालयका ५६७ र म्याग्दे–२ को राधा माध्यमिक विद्यालयका ५१६ विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिनुभयो । मिन माध्यमिक विद्यालयमा आयोजित शिविरमा ९८ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ । एक सय २३ जनामा दाँतको समस्या देखिएको छ ।

राधा माध्यमिक विद्यालयका १३१ विद्यार्थीको दाँतमा समस्या देखिएको घिमिरेले बताउनुभयो । यस्तै ६९ जनामा नाक, कान र घाँटीको समस्या देखिएको छ । अन्य विद्यालयमा पनि शिविर सञ्चालन गरिने उहाँको भनाइ छ ।

निःशुल्क सार्वजनिक शौचालय अभियान

तनहुँमा निःशुल्क सार्वजनिक शौचालय अभियान सुरु भएको छ । जिल्लाका होटल, मोटरसाइकल शोरुमलगायतका व्यवसायीले निःशुल्क सार्वजनिक शौचालय अभियानमा सहयोग पु¥याएका हुन् । बन्दीपुरको टुँडिखेलस्थित हेरिटेज गेष्ट हाउसले शौचालयको सुविधा दिएको छ । पर्यटकलाई ध्यानमा राखेर निःशुल्क शौचालयको सुविधा दिएको सञ्चालक किसन प्रधानले बताउनुभयो । सार्वजनिक शौचालय नहुँदा पर्यटकलाई सास्ती हुँदै आएको छ ।

यस्तै दमौलीकै एएस मेशिनरी स्टोर्सले पनि निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिने घोषणा गरेको छ । सोही स्थानको गोर्खाली मोटर्स प्रालिले पनि निःशुल्क शौचालयको सुविधा प्रदान गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत