बिहिबार, बैशाख ११, २०८२

‘ब्ल्याक एडम’को ट्रेलर रिलिज, ‘एन्टी-हिरो’ भूमिकामा रक जोन्सन


कान्तिपथ


हलिउड स्टार ड्वायन रक जोन्सन अभिनित डीसी स्टुडियोको फिल्म ‘ब्ल्याक एडम’को ट्रेलर रिलिज भएको छ । दुई मिनेट लामो ट्रेलरमा कुस्ती र हलिउड लिजेन्ड टाइटन जोन्सनलाई ‘एन्टी-हिरो’ चरित्रमा देख्न सकिन्छ । यो पात्रलाई ईश्वरीय क्षमताले भरिपूर्ण चरित्रको रुपमा पेश गरिएको छ ।

पाँच हजार वर्ष पुरानो एक सुपरहिरो विशेष मानव क्षमतासहितको गुण र उड्न सक्ने क्षमताको रुपमा पुनर्जन्म लिएपछिको कथा यसमा प्रस्तुत छ । डीसी युनिभर्सको सेटिङमा खिचिएको फिल्मको ट्रेलरमा मुख्य पात्रले प्लेनलाई मुक्का हानेको र रकेटलाई समेत समातेको देख्न सकिन्छ ।

ट्रेलरले फ्यानलाई उसको पूर्वजीवनको झल्को दिन्छ जतिबेला ऊ एकपटक दास थियो र अहिले त्यो दासत्वबाट मुक्त भएको बताउँछ । एडमसँगै दर्शकले फिल्मका नयाँ चरित्रलाई पनि ट्रेलरमा देख्न सक्छ । फिल्म आगामी अक्टोबर २१ मा रिलिज हुँदैछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत