बुधबार, चैत्र २५, २०८२

१२ देखि १७ वर्षसम्मका बालबालिकालाई भोलिदेखि बुस्टर डोज


कान्तिपथ


सरकारले बालबालिकाकालाई कोरोनाविरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयस्तरीय मंगलबार बसेको बैठकले भोलिदेखि बुस्टर डोज दिने निर्णय गरेको हो । १२ देखि १७ वर्षसम्मका बालबालिकाका लागि कोरोनाविरुद्धको बुस्टर डोज दिइनेछ ।

बालबालिकाका लागि पहिलो तथा दोस्रो डोज मोर्डना र फाइजर खोप दिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत् परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले मोर्डना र फाइजर खोपको दुई मात्रा लगाइ तीन महिना पुरा भएकालाई खोप लगाइने अन्नपूर्णलाई जानकारी दिए।

उनले अन्नपूर्णसँग भने, ‘पहिले जुन खोप लिइएको छ । त्यहि खोप लगाइन्छ । पहिला खोप सञ्चालन गरेको केन्द्र तथा वडा कार्यालयमा कार्यक्रम सञ्चालन गर्न भनेका छौं ।’ फाइजर खोप बुस्टर लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।

यस्तै, स्वास्थ्य मन्त्रालयले असार ९ बाट ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिने तयारी थालेको छ। खोप शाखा प्रमुख दाहालका अनुसार सो समूहका बालबालिकालाई फाइजर खोप दिइनेछ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत