सोमवार, बैशाख ९, २०८२

असङ्लग्न नीतिलाई कमजोर बनाउनेगरी कुनै सम्झौता गर्न नहुने


कान्तिपथ



नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताउनुभएको छ । उहाँले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताउनुभयो ।

उहाँले आपूm उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्विकार गरेको दाबी गर्नुभयोे ।

उहाँले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाउनुभयो ।

उहाँले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गर्नुभयो । उहाँले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताउनुभयो ।

बैठकमा सांसद दुर्गा पौडेलले एसपिपी मुलुकको पक्षमा नरहेको उल्लेख गर्दै त्यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । यसले देशमा गम्भिर खतरा उत्पन्न भएको सङ्केत मिलेकाले त्यसलाइ अस्विकार गरेर अघि बढ्न आग्रह गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत