शुक्रबार, चैत्र २७, २०८२

समयमै गुणस्तरीय काम सम्पन्न गर्दा…


कान्तिपथ



पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमै काम सम्पन्न गरेको जनाउँदै राउत कन्स्ट्रक्शनका सञ्चालक कुलबहादुर राउतलाई गाउँपालिकाले सम्मान गरेको हो ।

पौवादुङको मुख्य सडकका रूपमा रहेको तिवारीभञ्याङ–च्याङ्ग्रे–मानेडाँडा अधेँरीघाट ३५ किलोमिटर सडकमध्ये १३ किमी स्तरोन्नतिको काम तोकिएको समयमा सम्पन्न गरेकाले कामको सम्मान गर्न निर्माण व्यवसायी राउतलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले राम्रो काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेका छौँ । यसले राम्रो काम गर्ने व्यवसायीलाई काम गर्ने थप ऊर्जा मिल्ने छ ।” अहिले स्तरोन्नतिको काम भइरहेको भए पनि यो सडकलाई आफ्नो कार्यकालभित्र कालोपत्र गर्ने उद्देश्य रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

सडकलाई गुणस्तरीय तवरबाट समयमा सम्पन्न गराउन गाउँपालिकाका प्राविधिक तथा इञ्जीनियरले नियमित अनुगमन तथा आवश्यक सहयोग पु¥याएको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराइले बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो काम गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले उहाँलाई सम्मान गरेको हो ।”

गाउँपालिकाले गरेको यो सम्मानले आफूलाई काम गर्न थप ऊर्जा मिलेको राउत कन्स्ट्रक्शनका सञ्चालक राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरूको साथ सहयोगबिना यो काम सम्भव थिएन । स्थानीय, गाउँपालिकाका कर्मचारी तथा गाउँपालिका अध्यक्षको सहयोगमा म समयमै काम सम्पन्न गर्न सफल भएँ । मेरो कामको सम्मान गरिदिनुभएकामा गाउँपालिका अध्यक्ष तथा गाउँपालिकाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

सडकको स्तरोन्नतिले यहाँका सानोदुम्मा, ठूलोदुम्मा र बास्तिमका नागरिक बाह्रै महिना सडकको पहुँचमा जोडिएका छन् । यो सडक जिल्लाको पूर्वी क्षेत्रबाट तराई जिल्ला जोड्नका लागि सबैभन्दा छोटो मार्ग हो । यो सडकबाट यात्रा गर्दा २३ किमी बाटो छोटो हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत