शुक्रबार, चैत्र २७, २०८२

दोलखामा प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न


कान्तिपथ


बागमती प्रदेश युवा परिषद दोलखाले युवाहरुलाई सामाजिक कार्यमा उत्साहित बनाउनको लागि एक दिने स्वयमसेवक तालिम दिएको छ्। प्रदेश युवा परिषद् दोलखाले शनिवार सदरमुकाम चरिकोट जिल्लाका युवाहरूलाई स्वयमसेवक तालिममार्फत दोलखामा विपद्, महामारीको बेलामा स्वतस्फूर्त रुपमा काम गर्न उत्प्रेरित गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत रोन श्रेष्ठले बताए।

तालिममा स्काउट, रेडक्रस, पत्रकार, संघसंस्थामा आवद्ध २० जना युवाहरुलाई तालिम प्रदान गरिएको श्रेष्ठले बताए ।

तालिमको उदघाटन समितिका अध्यक्ष भरत रोन श्रेष्ठको अध्यक्षतामा र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । तालिम पत्रकारद्धय दीपशंकर चौलागाई र जीवन लामाले सहजीकरण गरेका थिए।

कार्यक्रममा नेकपा एमालेका प्रदेश समिति सदस्य तथा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, संस्कृतिविद शान्तकृष्ण श्रेष्ठ, स्काउट दोलखाका ध्रुुव खड्का, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा लगायत उपस्थित थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत