नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हिमाल आरोही लालबहादुर जिरेललाई पार्टीको चुनाव चिन्ह कलम अंकित झण्डा हस्तान्तरण गरेका छन् ।
अध्यक्ष नेपालले दोलखाको जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरेका छन् । कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष भिम दाहाल पनि उपस्थित थिए ।
सर्वोच्च शिखर सगरमाथासहित थुप्रै हिमालको आरोहण गरिसकेका जिरेल किर्गिस्तानको लेनिन पिक चढ्न किर्गिस्तान जान लागेका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ