शुक्रबार, चैत्र २७, २०८२

माछा फार्मको अनुगमन


कान्तिपथ


झापाको विर्तामोड नगरपालिकाले माछा फार्मको अनुगमन गरेको छ । नगरउपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा रहेको टोलीले आइतबार नगरका विभिन्न वडामा रहेका माछा फार्मको अनुगमन गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सशर्त अनुदान पाएको नगरपालिकाले क्षेत्र विस्तार, पोखरी मर्मत र यान्त्रीकरणको लागि लागत साझेदारीमा माछा पकेट कार्यक्रम सञ्चालन गरेको छ । क्षेत्र विस्तारका लागि प्रति कठ्ठा रू १० हजार, पोखरी मर्मतका लागि प्रतिकठ्ठा रू तीन हजार ३००, यान्त्रिकरणका लागि लागत साझेदारीमा ५० प्रतिशत र सिँचाइमा ७५ प्रतिशत अनुदानको व्यवस्था गरेको नगरको कृषि पशुपक्षी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहाल जानकारी दिनुभयो । नगरपालिकाबाट अनुदान प्राप्त शुभलक्ष्मी कृषि फार्म बिर्तामोड–२, स्टार अर्गानिक कृषि फार्म बिर्तामोड–७, कलामाया कृषि फार्म बिर्तामोड–७, मा लक्ष्मी कृषि फार्म बिर्तामोड–७ र केशव कृषि फार्म बिर्तामोड–१० को अनुगमन गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत