शुक्रबार, चैत्र २७, २०८२

बजेट पारित


कान्तिपथ



मध्यपुरथिमि नगरपालिकाको सोमबार बसेको छैटौँ नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजित बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकले आव २०७९÷८० का लागि नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको रु तीन अर्ब १५ करोड १० लाख बजेट छलफलपछि सर्वसम्मत पारित गरेको हो ।

मध्यपुरथिमि नपाको वार्षिक बजेटमा नगरपालिकाद्वारा सञ्चालित कमेरोटार जग्गा एकीकरण आयोजनाको रु ६० करोड ८७ लाख ६२ हजार र नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालतर्फ रु ५७ करोड ३७ लाख ४६ हजारसमेत समावेश गरिएको उहाँले बताउनुभयो ।

यसैगरी नगरसभाले विभिन्न चार ऐनसमेत सर्वसम्मतले पारित गरेको नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष कृष्णहरि आचार्यले जानकारीदिनुभयो । नगरसभाले सुखी र समृद्ध मध्यपुरथिमि बनाउने अठोटका साथ शिक्षा ऐन– २०७९, स्वास्थ्य ऐन–२०७९, सहकारी ऐन– २०७९ र विपद्जोखिम न्यूनीकरण व्यवस्थापन ऐन– २०७९ सर्वसम्मतले पारित गरेको उहाँले बताउनुभयो ।

बैठकमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम सर्वसम्मतले पारित गरेर नगरसभालाई ऐतिहासिक बनाउन भूमिका खेल्ने सबै नगरसभा सदस्यलाई धन्यवाद दिनुभयो । उहाँले नगरपालिकाको विकासमा सबै राजनीतिक दलहरूसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत