बुधबार, चैत्र २५, २०८२

नेपाल मै पहिलो पटक हिमालय कलेजमा फेसन डिजाइनिङको पढाई सुरु


कान्तिपथ


कोटेश्वर स्थित हिमालय कलेजले नयाँ शैक्षिक सत्रबाट फेसन डिजाइनिङ कोर्सको अध्ययन अध्यापन गराउने भएको छ । कलेजले राष्ट्रिय परिक्षा बोर्ड तथा पाठ्यक्रम विकास केन्द्रबाट सम्बन्धन प्राप्त गरि नयाँ संकाय सुरूवात गर्न लागेको हो ।

कलेजले युवाहरूमा रोजगारीको अवसर सिर्जना गर्ने आधारले सिपमुलक पाठ्यक्रम फेसन डिजाइन कोर्स आगामी नयाँ शैक्षिकसत्रबाट कक्षा ११ र १२ मा शुरूवात गर्न लागेको हिमालय कलेजका प्रमुख कार्यकारी अधिकारी नरेन्द्रबहादुर अधिकारीले बताए ।

कलेजले विज्ञान, व्यवस्थापन, मानविकी, कानुन तथा शिक्षा संकाय पठनपाठन गराउदैँ आइरहेको छ । २०६४ सालमा स्थापना भई कलेजले कक्षा १ देखि कक्षा ११, १२ सहित स्नातक तथा स्नातकोत्तर तहसम्मका विभिन्न विषयहरूको अध्यायन अध्यापन गराउँदै आइरहेको छ ।

नेपालमा हालै प्रचलनमा आएको कोर्समा बाहिरी देशमा भने छुट्टै चार्म रहेको छ । कान्तिपथसँग बोल्दै अधिकारीले भने, ‘फेसन डिजाइनिङमा नेम र फेम सबै छ । गर्न सक्यो भने यो क्षेत्र एकदमै राम्रो छ । नेपालमा ९० प्रतिशत फेसन कन्सस हुनुहुन्छ । तर, यो क्षेत्रमा आउन चाहेर पनि सबै टिक्न सक्दैनन् । जो मिहिनेतले टिक्न सक्छ, उसको भविष्य राम्रो छ । हिमालय कलेजलाई फेसन डिजाइनिङको ट्रेडमार्क बनाउने लक्ष्य लिएका छौ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत