बुधबार, चैत्र २५, २०८२

‘पानी फोटो’को ट्रेलर सार्वजनिक (भिडियो)


कान्तिपथ


साउन १३ गते बाट रिलिजमा आउन लागेको फिल्म ‘पानी फोटो’को ट्रेलर युट्युब च्यानल हाइलाइट्स नेपालमा सार्वजनिक गरीएको छ l सार्वजनिक गरीएको टिजरमा अभिनेता अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान र मलिका महतलाई प्रस्तुत गरिएको छ  l टुकी आर्ट्स र मञ्जुश्री फिल्म्सले निर्माण गरेको फिल्म मार्फत खगेन्द्रले निर्देशनमा डेब्यु गरेका हुन् भने फिल्ममा खगेन्द्र स्वयंको लेखन छ ।

फिल्मलाई खगेन्द्रकी श्रीमती रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, मलिका महत, अशान्त शर्मालगायतको अभिनय रहेको छ । फिल्ममा निमेष श्रेष्ठ र अर्जुन कार्कीको सम्पादन र पुष्पा संगमको पार्श्व संगीत छ l  काठमाडौँ, बर्दिया, रोल्पा र स्याङ्जामा छायाङ्कन भएको फिल्मलाई दीपक बज्राचार्यले छायाङ्कन गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत