शनिबार, अशोज ८, २०७९

श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने


कान्तिपथ



श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिनुभयो ।

उहाँले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च बिरामीले र ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने गरी कार्य सुरु भएको बताउनुभयो ।

“आकस्मिक दुर्घटनाहरुका लागि भने एक सय प्रतिशत खर्च नै सामाजिक सुरक्षा कोषले व्यहोर्ने भन्ने कुरा पनि सुरु गरेका छौँ”, मन्त्री कुवँरले भन्नुभयो । उहाँले सांस्कृतिककर्मी र सञ्चारकर्मी लागि पनि सामाजिक सुरक्षामा आवद्ध गरिने जानकारी दिनुभयो ।


मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरुको उपचार खर्च वापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।”

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत