मङ्लबार, अशोज ११, २०७९

२६० जनामा सङ्क्रमण पुष्टि


कान्तिपथ



देशभर आज २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ ।

सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ । मन्त्रालयका अनुसार यो दर ९८.७ प्रतिशत हो । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको छ ।

शून्य सङ्क्रमित भएका जिल्ला १२ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा एक हजार १४८, संस्थागत आइसोलेसनमा २३ भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा १४ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ७२ हजार ३२० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत