नायिका पुजा शर्माले आफु द्वारा अभिनित फिल्म ‘सम्झना बिर्सना’ हेर्न आएका दर्शकहरूले आफ्नो नारा नलगाएको भन्दै पूजा शर्माले आक्रोशित भएकी छिन ।
बारम्बार विभिन्न कारणले विवादमा रहने अभिनेत्री पूजा फेरि विवादमा तानिएकी हुन् । नायिकाको बोल्ने शैलीले गर्दा उनी विवादमा तानिने गरेकी छिन् । यसपटक पनि उनी आफ्नो बोलिकै कारण विवादमा तानिएकी हुन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘सम्झना बिर्सना’ को प्रतिक्रिया बुझ्न शनिबार दिउँसो बालाजुको अष्टनारायण हलमा पूजा र सो चलचित्रका नायक आकाश दुवै जना गएका थिए ।
सोही समय पूजाले दर्शकसँग झर्किएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पूजा र आकाशका प्रसंशकहरू फूलमाला र खादा नै बोकेर हल पुगेका थिए । दुवैका प्रसंशकहरूले नारा लगाउदै फूलमाला र खादा ओडाएर सम्मान समेत गरेका थिए ।
त्यस लगतै पूजा र आकाश छुट्टिए सँगै उनिहरुको प्रसंशकहरू पनि विभाजित भएको स्पष्ट देखिएकाे छ । अष्टनारायण हलको एउटा कुनामा आकाशको पक्षमा नारा लागेको थियो भने अर्को कुनामा पूजाको पक्षमा नारा लागिरहेको थियो । साेही क्रममा, पूजा र आकाश एकसाथ उभिएको ठाउँमा आएर एकहुल आकाशका फ्यानहरुले ठूलो स्वरमा ‘आकाश आकाश’ भनेर नारा लगाएका थिए । पूजा रिसले आगो भइन् र , ‘के हो यो , फिल्म कसको, दुईटैको हो , के गरेको यो’ भन्दै उनले दर्शकसँग झर्किँएकी थिइन् ।
पूजा झर्किएपछि आकाशले आफ्ना प्रसंशकहरूलाई ‘सबैलाई सम्मान गर्नुपर्छ’ भनेर सम्झाएका थिए । त्यसपछि पूजा आकाशका फ्यानहरूको घेराबाट रिसाउँदै बाहिर निस्केकी थिइन्। पूजाले यसरी दर्शकलाई थर्काएको एउटा सानो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ