शुक्रबार, चैत्र २७, २०८२

आक्रामक न्यायपरिषद् : १० दिनमा ५ न्यायाधीशको जागिर चट !


कान्तिपथ


न्यायपरिषद्ले १० दिनको फरकमा ५ न्यायाधीशलाई बर्खास्तको सिफारिस गरेको छ । अब प्रधानन्यायाधीशबाट निर्णय कार्यान्वयन हुनेछ । परिषद्ले न्यायाधीशमाथि छानबिन र कारबाहीलाई तीव्रतासाथ अघि बढाएको छ । प्राप्त उजुरी र परिषद्को निगरानीमा छानबिनपछि न्यायाधीश पदमुक्त भएका हुन् ।

सोमबार परिषद्ले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा कार्यरत राकेशकुमार निधि र जिल्ला अदालत काठमाडौँमा कार्यरत अनिलकुमार शर्मालाई बर्खास्त गरेको हो । खराब आचरण, कार्यक्षमता अभावमा प्राप्त उजुरी छानबिनपछि बर्खास्तको निर्णय भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए ।

निधिविरुद्ध उच्च अदालत राजविराजमा रहँदा आर्थिक चलखेलमा मुद्दा छिनेको उजुरी थियो । शर्मामाथि जिल्ला अदालत सिरहामा रहँदा मुद्दा फैसला गर्दा चलखेल गरेको आरोप लागेको थियो । यसअघि परिषद्ले असार २४ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत रेणुका शाहलाई बर्खास्त गरेको थियो ।

गत शुक्रबार पनि २ न्यायाधीश कारबाहीमा परेका थिए । परिषद्ले उच्च अदालत तुलसीपुरमा कार्यरत नसरुल्लाह अन्सारी र जिल्ला अदालत बर्दियामा कार्यरत लोकजङ्ग शाहलाई बर्खास्तको सिफारिस गरेको थियो । उक्त निर्णय कार्यान्वयन भइसकेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत