बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • ‘गुमनाम’ सचिव माओवादी लहरो तान्दै गुपचुप शिक्षामा : ‘उस्तै मन्त्री’ को फेला !

‘गुमनाम’ सचिव माओवादी लहरो तान्दै गुपचुप शिक्षामा : ‘उस्तै मन्त्री’ को फेला !


कान्तिपथ


सरकारले नेपाल सरकारका दुइ सचिवको गुपचुपमा नै सरुवा गरेको छ । असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति कार्यालयमा थन्काईएका सचिव रामकृष्ण सुवेदीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा सचिवमा सरुवा गरेको हो भने मन्त्रालयमा शिक्षा सचिवको जिम्मेवारीमा रहेका यादवप्रसाद कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा थन्क्याएको हो ।

सचिवमा बढुवा भएको करिब तीन वर्षपछि सचिव रामकृष्ण सुवेदीले मन्त्रालयमा काम गर्ने अवसर पाएका हुन्। अवसर आउँदा उनी माओवादी र कांग्रेस क्याम्प साटफेर गरिरहन्छन । अरुलाई नटेर्ने छवि बनाएका सुवेदी सचिव भएको करिब दुई वर्षसम्म केपी ओली सरकारले प्रदेशमा राखेको थियो । गत वर्ष उनको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको थियो । उपराष्ट्रपति कार्यालयबाट हाल शिक्षा मन्त्रालय पुगेका हुन् ।

काठमाडौंको सिडिओसमेत भइसकेका रामकृष्ण सुवेदी माओवादी केन्द्र र कांग्रेस दुवैको निकट छन् । कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा अर्थका हर्ताकर्ता सुवेदी ओली सरकारको बेला दण्डित भएर प्रदेश सरुवा हुने सचिवमा पर्छन् ।

राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनका राजनीतिक सल्लाहाकार बनेर पीएको जागिर खान समेत पछि हटेका थिएनन् ।

अर्थमन्त्री माओवादीका जनार्दन शर्मा भएकाले उनले सरकार गठन हुँदा सुरुमै अर्थ जान खोजेका थिए, तर पृष्ठभूमि जाँचेपछि जनार्दनले नरुचाएको बताईन्छ। उपराष्ट्रपति कार्यालयमा उकुसमुकुस भएका सुवेदी त्यहि पुरानो माओवादी साईनो लाएर शिक्षामा पुगेका छन्, शिक्षामा माओवादी कै देवेन्द्र पौडेल मन्त्री छन् ।

अवसर कै लागि मन्त्री बन्न माओवादीमा आएका भनिएका पौडेल ‘स्थायी कमिटीमा मन्त्री हुन बाँकी एक्लो व्यक्ति’ भन्दै प्रचण्डलाई रिझाएर शिक्षा मन्त्री बन्न सफल भएका छन् । बाग्लुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य बनेका पौडेल २०२१ सालमा बागलुङको अमलाचौरमा जन्मिएका थिए।

पौडेललाई २०७४ माघ १२ गते बाग्लुङ्गको बुर्तिबाङ्गमा आफ्नै कार्यकर्ताले पिटेको हल्ला चलेको थियो । ढोरपाटन नगरपालिका वडा नं १ मा स्थित मिराज होटलमा उनलाई उनकै कार्यकर्ता तुलसीराम अर्यालले कुटपिट गरेका थिए । हालसालै बुढानिलकण्ठ क्षेत्रमा १० आना जग्गा किनेका पौडेलले बाटोको लागि दैनिक किचकिच गर्ने गरेको एक स्थानियले बताए ।

शिक्षाको एजेन्डा जोडजोडले सडकमा उठाउने पौडेल अखिल (क्रान्तिकारी)बाट विद्यार्थी राजनीति सुरू गरेर संगठनको कोषाध्यक्ष, महासचिव, उपाध्यक्ष हुँदै अध्यक्ष सम्म बनेका थिए। तर आफुले उठाउदै आएका माग कार्यन्वयन गर्ने ठाउँमा आफैं पुग्दा समेत उनी ‘बुँख्याचा’ बनेर यता न उताका भएका छन् ।

राजनीति शास्त्रमा स्नाकोत्तर गरेका उनी २०६८ मा बाबुराम भट्टराई उनका प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहाकार बनेर पीएको जागिर खान समेत पछि हटेका थिएनन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत