बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • नैतिकहिन गभर्नर हुने देशमा दक्ष इन्जिनियरले रुँदै देश छोड्नु परिरहेको छ: अध्यक्ष सिंह

नैतिकहिन गभर्नर हुने देशमा दक्ष इन्जिनियरले रुँदै देश छोड्नु परिरहेको छ: अध्यक्ष सिंह


कान्तिपथ


अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक र नैतिक योग्यतामाथी प्रश्न उठेको टिप्पणी गरेकी छन् ।

अखिल(क्रान्तकारी) हिमालय इन्जिनियरिङ कलेजद्वारा आयोजित अन्तर कलेज बास्केटबल प्रतियोगितालाई बिहिबार काठमाडौमा सम्बोधन गर्ने क्रममा नेतृ सिंहले यस्तो टिप्पणी गरेकी हुन ।

सरकार बेरोजगारीको समस्या हल गर्न असफल भएको भन्दै सिंहले प्राविधिक जनशक्तिलाई मुलुकभित्रै खपत गर्ने बातबरण बनाउन आवश्यक रहेको धारणा राखेकी हुन “एकातर्फ दक्ष जनशक्तिको देशमा अभाव छ अर्को तर्फ तपाई इन्जिनियरहरु पासपोर्ट बनाउन जमलमा लाइन लाग्नु परेको छ ।”

उनले अगाडी भनिन ” नैतिक र शैक्षिक रुपमा समेत अयोग्यहरु गभर्नर बन्ने देशमा दक्ष इन्जिनियरहरु रुँदै विदेशिन बाध्य हुनु परेको छ ।” भन्दै यो अवस्था अन्त्य गर्न संघर्ष जरुरी रहेको बिचार राखेको बिध्यार्थी सबिन सिग्देलले जानकारी दिए ।

कार्यक्रममा अखिल(क्रान्तिकारी) उपाध्यक्ष जीपी मैनाली, क्षितिज सापकोटा, सचिवद्वय प्रसुन कार्की र नारायण बडाल र तथा उपत्यका प्रदेशका अध्यक्ष रेग्मीले सम्बोधन सहित उद्घाटन गरिएको कार्यक्रममा उपत्यकाका बिभिन्न इन्जिनियरिङ कलेजका २८ वटा समुह सहभागी रहेको नेता सिग्देलले जानकारी दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत