बुधबार, चैत्र २५, २०८२

प्रचण्डकी नातिनीलाई लण्डनको विश्वविद्यालयमा कालो टोपी !


कान्तिपथ


नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डकी नातिनी गायिका स्मिता दाहालले लण्डनको विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। स्मिता प्रचण्डकी कान्छी छोरी तथा स्वकीय सचिव गंगा दाहाल तथा पार्टीका केन्द्रिय सदस्य जीवन आचार्यकी छोरी हुन्।

उनले लन्डनको एक विश्वविद्यालयबाट इन्टरनेसनल मार्केटिङ म्यानेजमेन्टमा स्नातकोत्तर अध्ययन पूरा गरेकी हुन्। उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन्। त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बिबिएको पढाइ सकेकी हुन्।

छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकामा आमा गंगा दाहालले सामाजिक सञ्जालमार्फत बधाई दिएकी छन्। उनले प्रथम श्रेणीका साथ स्नातकोत्तर पास गरेको उल्लेख गरेकी छन्।

जनयुद्ध लडेका माओवादी कार्यकर्ता उपचार अभावमा सडकमै मृत्युवरण गरिरहेका बेला प्रचण्ड, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देवेन्द्र पौडेल लगायतले सन्तानलाई विदेशमा पढाउने गरेको भन्दै माओवादी कार्यकर्ता नै आलोचना गर्दै आएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत