बुधबार, चैत्र २५, २०८२

आचार्यको उपन्यास ‘छोरी’ को विमोचन साउन ८ गते


कान्तिपथ


अनेरास्ववियू (क्रान्तिकारी) की नेत्री मनिषा आचार्यद्वारा लिखित उपन्यास छोरीको यहि साउन ८ गते लोकार्पण हुने भएको छ । अनेरास्ववियू (क्रान्तिकारी) को आयोजनामा हुने कार्यक्रममा नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य तथा उर्जामन्त्री पम्फा भुसाल, पुर्व मन्त्री तथा नेकपा (एस) की सचिव रामकुमारी झाँक्री, अनेरास्ववियू (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंह लगायतको सहभागिता रहने आयोजकले जनाएको छ । पुस्तक माथि सन्तोष परियारले प्रकाश पार्ने छन् ।

कार्यक्रम भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दिउँसो २ बजे सुरु हुनेछ । पुस्तककी लेखिका आचार्य अनेरास्ववियू (क्रान्तिकारी)को प्रदेश नं १ की उपाध्यक्ष हुन् । आमा उपन्यास लाईफ रिसर्च एण्ड पब्लिकेशन प्रा.लि ले बजारमा ल्याएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत