विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। पछिल्लो समय विश्वभर नै मंकीपक्सका बिरामी बढेसँगै डब्ल्यूएचओले यस्तो घोषणा गरेको हो।
डब्ल्यूएचओको विश्वव्यापी स्वास्थ्य आपतकाललाई सबैभन्दा ठूलो चेतावनी मानिन्छ। डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानम गेब्रेयेससले विश्वका ७५ मुलुकमा मंकीपक्सका १६ हजार बिरामी रहेको बताए। अहिलेसम्म यो संक्रमणको कारण पाँचजनाको मृत्यु भएको छ।
पछिल्लो एक सातामा मात्र मंकीपक्सका ४ हजार १३२ संक्रमित थपिएका छन्। अहिलेसम्म फेला परेका मंकीपक्सका बिरामीमध्ये सबैभन्दा धेरै युरोपेली क्षेत्रमा फेला परेका छन्।
अहिलेसम्म युरोपेली क्षेत्रमा ११ हजार ८६५ संक्रमित फेला परेका छन्। उनीहरुमध्ये पछिल्लो सात दिनमा मात्र २ हजार ७०५ नयाँ संक्रमित थपिएका छन्।
सन् २००९ यता डब्ल्यूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको यो सातौंपटक हो। पछिल्लोपटक उसले कोभिड–१९ लागि विश्व स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ