बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • ३ गुणा बढी शुल्क लिएर ढाड सेक्दै चक्रवर्ती: वकिल बन्न १० लाख ७० हजार !

३ गुणा बढी शुल्क लिएर ढाड सेक्दै चक्रवर्ती: वकिल बन्न १० लाख ७० हजार !


कान्तिपथ


पुर्वान्चल विश्वविध्यालयबाट संचालनको सम्बन्धन पाएको चक्रवर्ती हवि एजुकेसन एकेडेमीले चर्को शुल्क वृद्धि गरेको छ । नेपालमा कानुनी शिक्षा प्रदान गर्ने सिमित शैक्षिक संस्थाहरु छन् । कानुनी शिक्षामा बढ्दो लोकप्रियता र बढ्दो विद्यार्थीको चापलाई सिमित कलेजले धान्न नसकेको अवस्थामा चर्को शुल्क वृद्धि गरेर चक्रवर्ती ‘असनको खुल्ला साँढे’ बन्न खोजेको क्याम्पसमा अध्यनरत एक विद्यार्थीले बताए।

बिए. एलएलबी अध्यापन गराउनका लागि सम्बन्धन प्राप्त त्रिविका दुई क्याम्पस नेपाल ल क्याम्पस र पृथ्वी नारायण क्याम्पसले मात्र बिए. एलएलबीका लागि फि को सिलिङ्ग तोकेका छन्, पुर्वान्चल विश्वविध्यालय आफैं मुर्झाएपछि चक्रवर्ती लगायतका क्याम्पस बिना मापदण्ड मनपरी शुल्क तोक्ने थालेका छन् ।

५ वर्षे बिए. एलएलबीकाे मूल्य धान्नै नसक्ने गरी वृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसको बिए. एलएलबी विभागले आपत्ति जनाएको छ। क्रान्तिकारी लगायतका विद्यार्थी संगठन चक्रवर्तीमा समेत नभएका भने हैनन् तर क्याम्पसले प्रयोगात्मक परिक्षाको अंक नदिने या आर्थिक प्रलोभनको चास्नीमा ति विद्यार्थी संगठनहरु भुलेको हुन सक्ने भन्दै कान्तिपथको सम्पर्कमा आएका ति विद्यार्थीले बताए ।

‘बढ्दो विद्यार्थीको चापको फाइदा उठाएर अस्वाभाविक रूपमा शुल्क वृद्धि गरिनु दुःखको कुरा हो, यो कुराको सम्बन्धित निकायले छानबिन तथा नियमन गर्नुपर्ने देखिन्छ’ ति विद्यार्थीले भने।

अखिल (क्रान्तिकारी) नेपाल ल क्याम्पसको बिए. एलएलबी विभागले शैक्षिक क्षेत्रको बढ्दो व्यापारीकरण त्यसमाथि पनि कानुन पढाइ हुने सम्मानित ल कलेजहरुबाट भएको यस किसिमको गतिविधिकाे घोर बिरोध गर्दै सम्बन्धित निकाय शिक्षा मन्त्रालय,कानुन मन्त्रालय, नेपाल बार काउन्सिल, नेपाल बार एसोसिएसन, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय लगायतका सम्पूर्ण निकायको ध्यानाकर्षण गराएको छ ।

सबै निकायहरूको समझदारीमा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कानुन पढाइ हुने सम्पूर्ण क्याम्पसहरूमा एउटा समान शुल्क कायम हुनु पर्ने भन्दै संगठनकी इन्चार्ज श्रद्धा अधिकारी र अध्यक्ष सरोज ढुंगेलले विज्ञप्ति जारी गरेका छन् । भोली संगठनको अगुवाईमा माईतिघरमा विरोध प्रदर्शन राखिएको ढुंगेलले बताए ।

वृद्धि गरिएको शुल्क नेपाल ल क्याम्पस र पृथ्वी नारायण क्याम्पस ले लिने शुल्क भन्दा ३ गुणाले(अझै बढी) बढी भएको ति विद्यार्थीले बताए। चक्रवर्तीले २०८३ सालसम्मको शुल्क तोकिसकेको छ । ५ वर्षको जम्मा शुल्क १० लाख ७० हजार हुन आउने देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत