विद्यार्थी नेता मनिषा आचार्यद्वारा लिखित उपन्यास ‘छोरी’ काठमाडौंमा विमोचन गरिएको छ । लाइफ रिसर्च एण्ड पव्लिकेशनले प्रकाशन गरेको छोरी ऊर्जामन्त्री पम्फा भुषाल, पुर्व मन्त्री रामकुमारी झाँक्री, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, साहित्यकार विमला तुम्खेवा र समालोचक सन्तोष परियारले विमोचन गरेका हुन् ।
विमोचन समारोहमा मन्त्री भुसालले समाजमा अझै पनि नारीमाथि हुने विभेद कामय रहेको भन्दै राजनीति र सहित्यको माध्यमबाट यसरी नै विषय उठान गर्दै विभेद अन्त्यका लागि भूमिका खेल्नुपर्ने धारणा राखे ।
सन्तोष परियार र विमला तुम्खेवाले विमोचित पुस्तकमाथि टिप्पणी गरेका थिए । लेखक आचार्य अखिल क्रान्तिकारीकी प्रदेश १ उपाध्यक्ष हुन् । आचार्यको यो पहिलो कृति हो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ