बुधबार, चैत्र २५, २०८२
  • गृहपृष्‍ठ
  • शिक्षा
  • वाल्मीकि विद्यापिठको दुर्दान्त: ५५ हजारमा निजिलाई ठेक्का, विद्यार्थी संगठनको मौनव्रत !

वाल्मीकि विद्यापिठको दुर्दान्त: ५५ हजारमा निजिलाई ठेक्का, विद्यार्थी संगठनको मौनव्रत !


कान्तिपथ


काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर कलेज नजिकै नेपाल संस्कृत विश्वविद्यालयको संचालनमा रहेको वाल्मीकि विद्यापिठमा निजि क्षेत्रबाट संचालनमा रहेको एक शैक्षिक संस्थाले रजाई गरेको छ ।

सरकारी स्वामित्वमा रहेको सम्पति भित्र एपेक्स इन्स्टिट्युटले कक्षा संचालन गर्दै आएको छ । एपेक्सले वाल्मीकि विद्यापिठ नै छोपिने गरि प्रचारका बोर्ड राख्दा समेत शिक्षामा निजीकरणको विरोध गर्ने विद्यार्थी संगठन शैक्षिक संगठन नै निजि भैसकेको भान हुँदासमेत चुँ समेत गर्न सकेका छैनन् ।

स्रोतका अनुसार विद्यापिठले उक्त इन्स्टिट्युटलाई कक्षा संचालनको ठेक्का नै दिएको छ । उक्त ठेक्का बापत विद्यापिठले मासिक ५५ हजार लिने गरेको छ । आन्तरिक आय बढाउने उदेश्यले भनिएपनि बाहिरबाट हेर्दा निजीकरण गरेको जस्तै देखिन्छ । ठेक्का सम्झौता ३ वर्षको लागि भएको छ ।

विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठ हो । जङ्गबहादुर राणाले वि.सं. १९३९ सालमा राजराजेश्वरी पाठशाला स्थापना गरेपछि सोही पाठशाला वि.सं. १९४२ सालमा रानीपोखरी पाठशालामा रूपान्तर भएपछि काठमाडौं उपत्यकामा संस्कृत भाषाको पठनपाठन आरम्भ भयो । यहाँ वि.सं. १९९० सालमै भारतको वाराणसीस्थित ‘गभर्नमेन्ट संस्कृत कलेज’ बाट सम्बन्धन लिई संस्कृतमा उच्च तहको अध्ययन हुन थालेको थियो ।

वि.सं. २००४ सालदेखि संस्कृतका अतिरिक्त आधुनिक विषयको पनि पठनपाठन हुन थाल्यो । वि.सं. २००९ सालमा ‘राजकीय संस्कृत महाविद्यालय’ का नामले परिचित भयो । २०२४ सालमा वाल्मीकि संस्कृत महाविद्यालय र २०३० सालपछि वाल्मीकि विद्यापीठका नाममा रूपान्तरित भएको थियो ।

२०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालयको आङ्गिक विद्यापीठका रूपमा स्थापित भयो । २२–१२–३–६ रोपनी जग्गा भएको यस विद्यापीठमा प्रशासनले निजिलाई पोस्न थालेको भन्दै विद्यार्थीहरु आक्रोशित भएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत